काठमाडौं, २२ बैशाख । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन् ।
समर्थन फिर्ताको पत्र

