२४ घण्टामा ८ हजार ६५९ संक्रमित थपिए, ५८ जनाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं, २२ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६५९ जनामा कोरोना संक्रमित थपिएका छन् । आज थपिएको संक्रमितको संख्या हालसम्मकै सर्वाधिक हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त प्रा डा जागेश्वर गौतमका अनुसार २० हजार ७५६ नमुनाको पिसीआर र ६१६ जनामा एन्टिजेन परीक्षण गरिएको थियो ।

पिसीआर परीक्षणबाट ८ हजार ६०५ र एन्टिजेन परीक्षणबाट ५४ जनामा गरि कुल ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । बुधबार मात्र ५८ जनाको मृत्यु भएको छ । भने १ हजार ९९३ जना संक्रमण मुुक्त भएका छन् ।

सक्रिय संक्रमितमध्य ४७६४ जना संस्थागत आइसोलेशनमा छन् भने ६१ हजार ५८८ जना होम आइसोलेशनमा छन् । त्यसैगरि ३८१ जना क्वारेन्टिनमा छन् ।

आइसियूमा रहेका ६०० संक्रमितमध्य १५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर