काठमाडौं, २२ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना पुष्टि भएको छ ।
मंगलबार दिएको स्वाब परीक्षणको नतिजामा उनलाई बुधबार आज प्राप्त रिपोर्टमा संक्रमण देखाएको हो ।
मुख्यमन्त्रीलाई मंगलबार केही असहज महशुस भएपछि एन्जिटेन परीक्षण गरिएको थियो ।
एन्टिजेनमा उनलाई संक्रमण देखाएको थियो । लगत्तै स्वाब परीक्षणका लागि संकलन गरिएको थियो ।
मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार उनी अहिले सरकारी निवासमै आइसोलेसनमा बसेका छन् ।
मुख्यमन्त्री मंगलबार संसदको गतिरोध अन्त्यका लागि सभामुख नेत्रनाथ अधिकारीले बोलाएको दलहरुको बैठकमा सहभागी भएका थिए ।