काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमालेको स्थायी समिति बैठक बोलाएर राष्ट्रपति भवन शितल निवासमा प्रवेश गरेका छन् ।
शितल निवास प्रवेश गर्नुअघि उनले मन्त्रिपरिषदको बैठक समेत बोलाएका छन् । ओलीले मन्त्रिपरिषदबाट दल विभाजन सम्बन्धी अध्यादेश सिफारिस गर्ने र उक्त अध्यादेशका ढाँचाको विषयमा छलफल गर्न उनी शितल निवास पुगेको स्रोतले बताएको छ ।
जनता समाजवादी पार्टी विभाजनका लागि प्रधानमन्त्रीले अध्यादेश ल्याउने तयारी गरेको स्रोतले जनाएको छ ।