कोरोनाको ईन्जेक्सनमा कालोबजारी : महाराजगञ्जबाट एक युवा पक्राउ, सेवक फर्मा शिल !

दियोपोस्ट संवाददाता

काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिरको कालोबजारी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको आरुघाट घर भएका २५ वर्षीय रफिक मियालाई रहेका छन् । उनलाई बिहीबार काठमाडौंको बसुन्धराबाट पक्राउ गरेको हो ।

महासाखाका अनुसार उनले ३० हजार रुपैयाँ पर्ने एक सेट रेम्डिसिभिरलाई १ लाख २० हजार रुपैयाँ बिक्री गर्न लागेका थिए । प्रहरीका अनुसार उनको साथबाट ६ थान रेम्डिसिभिर इन्जेक्सन समेत बरामद भएको छ ।

उनले महाराजगञ्जस्थित निलकण्ठ लम्सालको नाममा दर्ता भएको सेवक फर्माका दिपक ढकालसँगको मिलेमतोमा इन्जेक्सनको कालोबजारी गर्ने गरेका थिए ।

प्रहरीले सेवक फर्मा शिल गरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद एनएचआरसीको सिफारिसको आधारमा मात्रै विरामीलाई प्रयोग हुने यो औषधी कसरी फर्मामा पुग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर