
काठमाडौं, २३ वैशाख । बाँकेमा पछिल्लो २४ घण्टामा ७०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
तीन वटा ल्याबमा ९२७ जनाको नमुना परीक्षण गर्दा ७०० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्य ३ सय १ जना महिला छन् भने ३ सय ९९ जना पुरुष छन् ।
भेरी अस्पतालको ल्याबमा ५३५ जनाको नमुना परीक्षण ४२७, मेडिकल कलेज कोहलपुरको ल्याबमा १०९ जनाको नमुना परीक्षण गर्दा ८६ जना र बागेश्वरी ल्याबमा २८३ जनाको नमुना परीक्षण गर्दा १८७ जनामा संक्रमण पुष्टि भएको हो ।
बाँकेका मात्रै संक्रमित संख्या ५०० जना रहेको छ । जसमध्ये २२३ जना महिला र २७७ जना पुरुष छन् ।
बाहिरी जिल्लाका ७८ जना महिला र १२२ जना पुरुष गरी कुल २०० जनामा संक्रमण पुष्टि भएको छ ।