
काठमाडौं २४, बैशाख । बागमती प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या ३६ हजार नाघेको छ ।
मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लामा गरी कुल ३६ हजार २ सय २ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ३२ हजार ५ सय ६३ जना होम आइसोलेसनमा बस्दै आएका छन् ।
प्रदेशका विभिन्न अस्पतालले संचालन गरेको आइसीयुमा ५ सय १८ जना र भेन्टिलेटरमा १ सय ८५ जना उपचाररत रहेका छन् भने संस्थागत आइसोलेसनमा २ हजार ९ सय ३६ जना बस्दै आएको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमितहरुको उपचारका लागि प्रदेशमा ६ सय ३० बेडको आइसीयू ३ सय ७ बेडको भेन्टिलेटर संचालनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै संक्रमितका लागि ४ हजार ५ सय ४६ बेडको आइसोलेशन तयारी अवस्थामा रहेको छ ।