अस्पतालको शय्या नपाएर बुटवलमा जनप्रतिनिधिको एम्बुलेन्समै मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं २४, बैशाख । बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समा नै गएराति मृत्यु भएको छ ।

नेकपा एमालेको वडाअध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि कोरोना पोजिटिभ भएपनि बेड अभावका कारण होम आइसोलेसनमा थिए ।

तीन दिनअघि शय्या खोज्दा नपाएपछि घरमै अक्सिजन लिएर राखिएको थियो ।

समस्या बढेपछि भैरहवामा अस्पताल लैजान खोज्दा गर्दा एम्बुलेन्समै मृत्यु भएको स्रोतले बताएको छ ।

उनले भैरहवा गएर विभिन्न अस्पतालमा राख्ने कुरा गर्दा(गर्दै एम्बुलेन्समा सास गएको हो ।

सम्बन्धित खबर

सिफारिस