
काठमाडौं, २४ बैशाख । संघीय संसद सचिवालयमा कार्यरत कानुन उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट निधन भएको छ ।
खनाललाई मुटु सम्बन्धी स्वास्थ्य समस्या रहेको सचिवालयले जनकारी दिएको छ । पत्थरीको उपचारका लागि हालै शल्यक्रिया गरिएको समेत जानकारी दिएका छन् ।
सोहि समस्याको कारण उनी अस्पताल भर्ना भएका थिए । संसद सचिवालयले सांसद तथा कर्मचारीको पीसिआर परीक्षण अनिवार्य गरेपछि २२ गते नयाँ बानेश्वरमा उनले स्वाव दिएर गएका थिए ।