१९ जना सांसदमा कोरोना पुष्टि

दियोपोस्ट संवाददाता

काठमाडौं, २५ बैशाख । प्रतिनिधिसभा र राष्ट्रियसभाका १९ सांसदसहित १६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संसद सचिवालयका अनुसार संक्रमितमा १९ सांसदबाहेक संसद सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मीलगायत रहेका छन् ।

प्रतिनिधिसभाको बैठक वैशाख २७ गते बस्ने लागेकाले वैशाख २३ र २४ गते २०५ जना सांसदसहित १२३५ जनाको कोरोना परीक्षण गरिएको थियो ।

जसमध्ये १६० जनामा संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको स्रोतले जनाएको छ ।

सम्बन्धित खबर