बालुवाटारमा संवैधानिक परिषदको बैठक शुरु, ‘विवादित’प्रधानन्यायाधीश सहभागी !

बालुवाटारमा संवैधानिक परिषदको बैठक शुरु, ‘विवादित’प्रधानन्यायाधीश सहभागी !

कठमाडौं, २६ वैशाख । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ ।


बैठकमा संवैधानिक निकायमा रिक्त पदमा पदपूर्ति लगायतको विषयमा छलफल हुने बताइएको छ । परिषद्को सदस्य विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्नि सापकोटाले यस अघि नै उपस्थित नहुने बताए पछि बैठक हुने नहुनेमा अन्यौल थियो ।

बैठकमा सर्बोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवरा तथा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना उपस्थित छन् । प्रधानन्यायाधीश जबरा बैठकमा सहभागी हुन नहुने भन्दै आलोचना भएको थियो । उनीसहितका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकै अवस्थामा चोलेन्द्र बैठकमा सहभागी भएका हुन् ।

Trending News