सत्ता समीकरणको खेलमा फस्दा पार्टी विभाजन हुन्छ, तटस्थ बस्छौं : राजेन्द्र महतो

दियोपोस्ट संवाददाता

काठमाडौं, २६ बैशाख । जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् ।

नेता महत्वले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्नु भयो । तपाईहरुले हामीलाई मत दिनुपर्छ भन्नुभयो । यसमा हामीले दिन मिल्दैन । तपाईले हामीले उठाएका सबै काम पनि गर्दिनुभएको छैन भन्यौं । ’

साथै हामीले हाम्रो पार्टी अप्ठ्यारोमा छ । विश्वासको मत दियौं भने हाम्रो पार्टीलाई असर गर्छ । त्यसैले त्यो काम हामीले गर्न सक्दैनौ । हामीले विश्वासको मत दिन मिल्दैन भन्यौं ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनुहुन्न भने । हामी प्रतिपक्ष हो नदिऔं भने । हामी विश्वासको मत दिँदैनौं हामी तटस्थ बस्छौं भन्यौं ।

कांग्रेस नेतृत्वमा बन्ने सरकारलाई साथ दिन भनेर देउवाले ठाकुरलाइृ हनेका थिए । यसमा हामीले भन्यौं । सत्ता समीकरणको खेलमा हामीलाई नफसाउनुस् ।

हामी कुनै पनि सत्तासमीकरणको खेलमा फस्दाखेरी सत्ताको लोभ लालचमा फस्दा पार्टी विभाजन हुन्छ ।

सम्बन्धित खबर