नेकपा विभाजन गर्ने सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको दाई लोकसेवा आयोग अध्यक्ष नियुक्त

नेकपा विभाजन गर्ने सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको दाई लोकसेवा आयोग अध्यक्ष नियुक्त

काठमाडौं, २६ वैशाख । अध्यादेशको आधारमा बलपूर्वक बसेको संवैधानिक परिषदको बैठकले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्ने सिफारिस गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले झापा गौरादह–३ का रेग्मीलाई लोक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिस गरेको हो ।


उनी सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाई हुन् । रेग्मी सहितको ईजलाशले नेपाल कम्युनिस्ट पार्टी विभाजन गर्ने फैसला गरेको थियो । कतिपयले नेकपा विभाजन गरेकोमा न्यायाधीश कुमार रेग्मीलाई प्रधानमन्त्री केपी ओलीले उपहार दिएको संज्ञा दिँदै आएका छन् ।

प्रधानमन्त्री केपी ओलीको क्षेत्रका रेग्मीलाई ओलीकै प्रस्तावमा नियुक्ती दिएको हो ।

प्रस्तावित संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ ।

झापा घर भएका रेग्मीको परिवार कुनै समय खोटाङबाट बसाई आएका हुन् ।

हाल काठमाडौंको अनामनगरमा बसोबास गर्दै आए पनि उनको जन्म भने खोटाङको दुबेकोटमा भएको थियो ।

Trending News