
काठमाडौं, २६ वैशाख । जेल जीवन विताइरहेका जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीले टिकापुर हत्याकाण्डदेखि जेल जीवनसम्मको वास्तविक घटनामा आधारित पुस्तक लेखेका छन् । आइतबार चौधरीद्वारा लिखित पुस्तक ‘हिडन स्टोरी फ्रम प्रिजन’ उनको छोरा अभुषण चोधरी र श्रीमती रञ्जना श्रेष्ठले भर्चुअल माध्यमाट सार्वजनिक गरेका हुन् ।
रेशमकी पत्नि रञ्जना श्रेष्ठका अनुसार जेल जीवनमा रहेका चौधरीले पुस्तकमा टिकपुर घटना, २०७४ को निर्वाचन, रेशमको विजयी, डिल्लीबजारको जेल बसाई र थारु समुदाय लगायत उत्पीडित वर्ग समुदायको मुक्तीको यात्राबारे पस्तकमा उल्लेख छ ।

‘कोरोनाका कारण जारी निषेधाज्ञा नभएको भए सहज अवस्थामा सबै नेता, पत्रकारहरुलाई निम्ता गर्ने सोच थियो,’ रञ्जनाले लेखेकी छिन्,‘तर विषम परिस्थितिले गर्दा हामी आमा छोराले यो पुस्तक सार्वजनिक गर्यौँ । माननीय ज्यु र अन्य अग्रजहरुबाट पनि यही सुझाव भयो । यो पुस्तक किन खास लागिरहेको छ भने यो अंग्रेजी भाषामा छ । अब छोरा अभुषण र म यो पुस्तकलिएर काठमाडौंस्थित सबै विदेशी कुटनीतिक प्रमुखहरु कहाँ पुग्ने छौँ । र मेरो श्रीमान माननीय रेशम चौधरी ज्यु र अन्य थारु नेताहरु आजिवन काराबास बस्नुपर्ने कारणबारे विश्वलाई सोध्नेछौँ ।’
