वैशाख, २६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरेको छ ।
यसअघि लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिएर सोही दिन अल्पमतमै पुन मुख्यमन्त्री नियुक्त भएका थिए । गण्डकीमा पनि सोही प्रक्रिया अपनाउन लागिएको आशंका छ ।