आठ हजार ७७७ थपिए, चार हजार २२ कोरोनामुक्त, ८८ जनाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं, २६ बैशाख । नेपालमा कोरोनाभाइरसका आठ हजार ७७७ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ हजार ७८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ७७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख ९४ हजार ६६७ पुगेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा ५०६ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ७३ जनाको रिपोर्ट पोजेटिभ आएको बताए ।

मन्त्रालयका प्रवक्ता डा.गौतमले पछिल्लो चौबीस घण्टामा चार हजार २२ जना सङ्क्रमित कोरोनामुक्त भएको बताए ।

उनले हाल ८८ हजार १६० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको बताए ।
मन्त्रालयका अनुसार हाल ४१९ जना क्वारेन्टिनमा छन् ।

पत्रकार सम्मेलनमा प्रवक्ता डा.गौतमले पछिल्लो चौबीस घण्टामा ५२ जना मृत्युको रिपोर्ट प्राप्त भएको र बाँकी विभिन्न स्थानमा २६ जना थप गरी ८८ जनाको मृत्यु भएको बताएको छ ।

सम्बन्धित खबर