चितवनको ‘सिडिओ ’को असुली आतंक : बाटोमा हिँड्नेलाई प्रहरी लगाएर ५ सय रुपैयाँ असुली !

दियो पोस्ट  

चितवन, २६ वैशाख । आईतबार चितवनको चौबीस कोठी बस्दै आएका नविन गैरे भरतपुरस्थित बैंक अफ काठमाडौं पुगे । उनी व्यावसायीक कामले बैंक गएका थिए । कर्मचारीको संख्या कटौती गरेर बैंक खोल्न सरकारले अनुमति दिएको छ । कोरोना महामारीबीच सरकारले जारी निषेधाज्ञाबीच बैंकहरुले सुरक्षा मापदण्ड अपनाएरै आफ्ना सिमित शाखाहरु खुला राखेका छन् ।


बैंक खुला राखेपछि सर्वसाधरण बैंकको काममा जान पाइएला भनेरै उनी आइतबार बैंकसम्म गए । बैंकसम्म पुग्दा चौविसकोठी चोकमा रहेको प्रहरीले केही सोधपुछ गरेन । तर, बैंकको काम सकाएर फर्कदै गर्दा प्रहरीले रोके । उनले बैंकको भौचर देखाए । कृषी फर्मको कार्ड पनि उनले देखाए । तर, प्रहरीले जरिवाना काट्न उर्दी गर्यो । ‘प्रहरीले साइड लगाएर जरिवाना काट्न भन्यो । मैले बैंक किन खोल्न दिएको ?बैंक खुलेपछि सेवाग्राही जादैनन् ?बैंक बन्द गर्दिनुस न,’ प्रहरीलाई नविनले प्रश्न मिश्रित भावनमा भने,‘ हामी व्यावसायीक मान्छे अत्यावश्यक काम काम पर्छ र जानुपर्छ । हामी काम गरेर खानेमान्छे काममा हिँड्न नपाउने ? हरेक बैंक अगाडी पचास साठी वटासम्म मोटरसाइकल छन् । उनीहरुलाई पनि जरिवाना गर्नुभएको छ ?’


प्रहरीले उनको नागरिकको यो प्रश्नको उत्तर दिएन । ‘बढी नबोल’ बर्दिको दादागिरी देखाउँदै उनलाई ‘अहिले नै गाडिमा हालेर चौकि लैजान्छु २४ घन्टा बसेर १००० जरिवाना काटेर निस्कनुपर्ला’ भन्ने धम्की पो दिए । प्रहरीले उनलाई एउटा जरिवानाका पुर्जी दियो र ५ सय रुपैया ँतिराएर पुर्जी काट्यो । ‘यो जरिवाना बैंक जानेलाई मात्रै हो कि अरुलाइ पनि ? आफ्नो स्वास्थ्यको चिन्ता कस्लाइ हुँदैन ?बाध्यताले हिडदा जरिवाना तिर्नुपर्ने,’ नविनले प्रश्न गर्दै भने,‘यो अत्याचार र लुटको बिरुद्ध अब सडकमा निस्कनुको बिकल्प छैन ।’


जिल्ला प्रशासन कार्यालयले नविनलाई संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिमको कसुर .मा ५ सय रुपैयाँ जरिवाना तिराएको हो । उक्त जरिवानाको पूर्जीमा अक्षेरुपी रकम समेत उल्लेख छैन ।
उक्त ऐनको दफा १ को उपदफा १ आदेश अपहेलन ागर्ने व्यक्तिलाई १ महिनासम्म कैद वा रु १ सय रुपैयाँ जरिवाना हुने व्यवस्था छ । यस्तो कारबाही गर्ने अघिकार प्रमुख जिल्ला अधिकारीलाई हुने ऐनमा व्यवस्था छ । तर, सडकमा हिँड्ने प्रहरीेले ऐन विपरित सडकमै सर्वसाधरणलाई जरिवाना लिनु अवैधानिक रहेको कानुनविदहरु बताउँछन् । ‘सम्झाएर बुझाएर पठाउने कुरा हुन्छ । ऐन अनुसार प्रहरीले बाटोमै पैसा उठाउने र पुर्जी काट्ने अधिकार पनि हुँदैन,’ एक कानुनविद भन्छन्,‘प्रमुख जिल्ला अधिकारीहरुले जथाभावी रुपमा कानुनको उलंघन गर्दै सर्वसाधरणमाथि असुली आतंक चलाइनु दुखद हो ।’

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको नम्बरमा सम्पर्क गर्दा सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले फोन उठाए । उनका अनुसार संक्रमण रोग ऐन अनुसार सर्वसाधरणलाई हिँडडुल गर्दा प्रहरीले बाटोमै कारबाही गर्ने अधिकार दिइएको छ । ‘फट्याइँ गर्ने अनि अनि कम्प्लेन गर्ने कुरा हुँदैन,’ उनले भने,‘यस्तो बेलामा बाहिर फट्याइँ गर्न पाइँदैन ।’

सिफारिस