आजै राजिनामा दिएर राष्ट्रपतिबाट पुन : प्रधानमन्त्री नियुक्त हुने केपी ओलीको गोप्य तयारी !

आजै राजिनामा दिएर राष्ट्रपतिबाट पुन : प्रधानमन्त्री नियुक्त हुने केपी ओलीको गोप्य तयारी !

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलकै शैलीमा राजिनामा दिएर पुन ः प्रधानमन्त्री नियुक्त हुने षडयन्त्र थालेका छन् ।
ओलीले आज सोमबार नै प्रधानमन्त्री पदबाट राजीनामा दिएर संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त हुने तयारी गरेको विशेष सेतले जानकारी दियो ।

प्रधानमन्त्री ओली निकट एक उच्च नेताका अनुसार संभवतः ओलीले आज ११–१२ बजेतिर प्रधानमन्त्री पदबाट राजीनामा दिनेछन् र साँझसम्म पुनः प्रधानमन्त्री नियुक्त भएर राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिनेछन्।

प्रतिनिधि सभाबाट आज विश्वासको मत नपाउने र सरकार अल्पमतमा पर्ने स्पष्ट भएपछि प्रधानमन्त्री ओलीले संसदको सामना नगरी राजीनामा दिएर पुनः प्रधानमन्त्री नियुक्त हुने सहज बाटो रोज्ने योजना बनाएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली विरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता हुने र उक्त प्रस्तावमा बहुमत पुग्ने देखिएपछि संसदको बाटो छलेर ओलीले राष्ट्रपतिकै हातबाट थमौती लिने योजना बनाएका हुन् ।

Trending News