प्रधानमन्त्री ओलीलाई आजै बिदाइ गर्नुपर्ने चार कारण

दियोपोस्ट संवाददाता

काठमाडौं, २७ बैशाख । पुर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्‌ अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदाई गर्नुपर्ने ४ कारणहरू खुलस्त पारेका छन् ।

प्रधानमन्त्री ओलीले विश्‍वासको मत लिन संसद्‌को विशेष अधिवेशन बस्‍नुअघि ओलीलाई विदाई गर्नुपर्ने भट्टराईले चार कारण खुलाएका हुन् ।

सोमबार आफ्नो सामाजिक सञ्जाल माार्फत ‘ओलीलाई आजै बिदाइ गर्नुपर्ने प्रमुख कारणः १. कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको, २. संविधान विपरित संसद्‌ विघटन गरेर र २र३ नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको, ३. संवैधानिक अंगलगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको, ४. खोपरऔषधि खरिदमा समेत भ्रष्टाचार गरेको’भट्टराईले लेखेका छन् ।

ओलीलाई विश्वासको मत पाउन १३६ मत चाहिन्छ । संसद्‌मा सबैभन्‍दा ठूलो ओलीकै दल एमालेसँग १२१ सांसद छन् ।

सम्बन्धित खबर