नेपाल पक्षका सांसद अनुपस्थित भए कारबाही हुन्छ: नेम्वाङ

दियो पोस्ट  

काठमाडौं, २७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको संसद बैठकमा उपस्थित नहुने सांसदहरूलाई कानुनअनुसार कारबाही हुने बताएका छन्।

एमाले नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेपछि नेम्वाङले बैठकमा उपस्थित नहुनु पनि ह्वीपको उल्लंघन भएको बताए।

आज सबै सांसदहरूलाई उपस्थित हुन र प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप लगाइएको छ। बैठकमा अनुपस्थित हुनु भनेको पनि विपक्षमा मतदान गर्नुजस्तै हो,’ नेम्वाङले भने।

‘आजको बैठक कति महत्वपूर्ण छ भन्ने त कोरोना संक्रमित भएका सांसदलाई समेत टेन्टमा राखेर मतदानको व्यवस्था मिलाइएको छ’ ,उनले भने ।

सिफारिस