संक्रमित सांसदलाई मतदान गर्न टेन्टमा राखियो

दियो पोस्ट  

काठमाडौं, २७ वैशाख । कोरोना संक्रमित सांसदहरुलाई टेन्टमा बस्ने व्यवस्था मिलाइएको छ ।

उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले लिन खोजेको विश्वासको मतको मतदान प्रक्रियामा सहभागी गराइने छ ।

संसद सचिवालयले यसअघि नै कोरोना संक्रमित सांसदहरुलाई संसद बैठकमा सहभागी नगराउने र मत विभाजनमा भने सहभागी गराउने निर्णय गरेको थियो ।

संघीय संसद सचिवालयले कोरोना परीक्षण गराउँदा २६ जना सांसदहरुमा संक्रमण पुष्टि भएको थियो ।

सिफारिस