वामदेवको घोषणा ; माधव पक्षले पार्टी विभाजन गरे त्यसमा सामेल हुने

दियो पोस्ट  

काठमाडौं, २७ वैशाख । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव नेपाल पक्षले पार्टी विभाजन गरे आफू त्यसमा सहभागी हुने धारणा सार्वजनिक गरेका छन् ।

अध्यक्ष केपी ओलीसँगको छलफलपछि दुई बुँदे धारणा सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई जेठ २ सम्मको निर्णय मानेर अगाडि बढ्न प्रस्ताव गरेकोमा ओलीले आफू त्योभन्दा धेरै अघि बढिसकेको जवाफ दिएका थिए ।

यसको प्रतिउत्तरमा उपाध्यक्ष गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्ने जवाफ दिएका थिए ।

सिफारिस