
काठाडौं, २७ वैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक आफुहरुलाई धोका दिएको बताएका छन् । प्रतिनिधि सभामा संबोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘पहिले पहिले हामीसँग सम्झौता गर्नुभएको थियो । हामीले सहयोग गर्यौँ तर अन्तिममा धोका दिनुभयो । उहाँले पटक पटक धोका दिनुभयो,’ उनले भने,‘अब कसरी विश्वास गर्न सकिन्छ । जुन संसदमा यहाँको खुद विश्वास छैन यहाँको सांसदले कसरी विश्वास गर्ने कसरी विश्वासको मत लिनुहुन्छ ?’