पाँच दिनको अन्तरालमा संक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं, २७ वैशाख । रौतहटमा पाँच दिनको अन्तरालमा कोरोना भाइरस संक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

रौतहटको गढीमाई नगरपालिका, ३ का ५० वर्षीय पुरुषको मृत्यु भएको पाँच दिनपछि उनकी ५६ वर्षीया भाउजुको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

थप उपचारका लागि अस्पताल लैजाने क्रममा महिलाको सोमबार बाटोमै मृत्यु भएको हो । उनी गौरस्थित अस्थायी कोभिड अस्पतालमा उपचाररत थिइन् ।

मृतक महिलाको श्रीमानमा पनि संक्रमण देखिएको छ । उनको गौर अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खबर

सिफारिस