काठमाडौं, २७ वैशाख । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा जारी निषेधाज्ञा थप १५ दिन गर्न सिफारिश गरेको छ ।
हिजोको डीसीसीएमसीको वैठकले १५ दिन थप गर्ने प्रस्ताव गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
जारी निषेधाज्ञा २९ गते राती सम्म भएकोले भोलि वेलुकासम्म निषेधाज्ञा थप गर्ने विषयमा निर्णय लिने उनले जानकारी दिए ।
यसका विषयमा भोलि मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ । यही बैठकले निषेधाज्ञाको विषयमा निर्णय लिने बताए ।