
काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । सभामुख अग्नि प्रसाद सापकोटाको अनुसार जम्मा उपस्थित संख्या २ सय ३२ मध्ये ओलीको पक्षमा जम्मा ९३ मत मात्रै परेको हो ।
विश्वासको मतको विपक्षमा अर्थात हुन्न भन्ने पक्षमा १ सय २४ मत प्राप्त भएको सापकोटाले जानकारी दिए । राजपाको तटस्थ मत भने १५ जना रहेको पाइएको छ ।