राजपामा बहुमत पक्ष प्रधानमन्त्रीको विपक्षमा, १५ सांसद तटस्थ बसे !

दियोपोस्ट संवाददाता

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । सभामुख अग्नि प्रसाद सापकोटाको अनुसार जम्मा उपस्थित संख्या २ सय ३२ मध्ये ओलीको पक्षमा जम्मा ९३ मत मात्रै परेको हो ।


विश्वासको मतको विपक्षमा अर्थात हुन्न भन्ने पक्षमा १ सय २४ मत प्राप्त भएको सापकोटाले जानकारी दिए । राजपाको तटस्थ मत भने १५ जना रहेको पाइएको छ । राजपाको सांसद संख्या ३२ जना थियो । ३२ मध्ये १७ जनाले प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गरेको देखिएको छ ।


नेकपा एमालेले संसदमा १ सय २१ जनाको प्रतिनिधित्व थियो । जसमा प्रधानमन्त्री ओलीले ९३ मत मात्रै पाएका छन् । यसले उनकै पार्टीका असन्तुष्ट समुहको २८ जना सांसद अनुपस्थित भएको पुष्टि भएको छ ।

सम्बन्धित खबर