जसपाका ‘ठाकुर’ पक्ष, बैकल्पिक सरकार गठनको विपक्षमा

काठमाडौं, २८ बैशाख । जनता समाजवादी पार्टी नेपाल कुनै पनि बैकल्पिक सकार निर्माणमा नलाग्ने भएको छ ।

सो पार्टीका अध्यक्ष महन्थ ठाकुरले सोमबार राती एक विज्ञप्ति प्रकाशित गरी केपी ओली नेतृत्वका सरकारसँग आफ्नो पार्टीले उठाएका मागका बारेमा वर्ता तथा तदअनुसारका कार्य प्रगति सकारात्मक रुपमा बढेको पनि विज्ञप्तिमा उल्लेख छ ।

साथै अहिले सात्ता प्राप्ति भन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित हुन र त्यसको सम्बोधन नै जसपाको मुख्य ध्येय रहेको उल्लेख गर्दै वैकल्पिक सरकार गठन गर्नु जसपाको उद्देश्य विपरित भएको पनि विज्ञप्ति उल्लेख गरिएको छ ।

ठाकुरले वर्तमान राजनीतिक परिस्थितीमा सत्ता प्राप्तिको विषयमा आफूहरुको ध्यान नभएको बताए ।विज्ञप्तिमा अध्यक्ष ठाकुरले अहिले जसपा सरकार गठबन्धनभन्दा पनि पार्टीले अघि सार्दै आएको एजेन्डा र मुद्दा सम्बोधनमै केन्द्रीत रहेको जानकारी दिए ।

उनले यी विभिन्न मुद्दाबाट विचलित भई कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य पार्टीको उद्देश्य विपरीत् र मधेश आन्दोलनको मर्म र भावनाको प्रतिकूल नरहने जिकिर गरे।

यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाकै राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसहितका नेताले राष्ट्रपतिलाई छिटोभन्दा छिटो नयाँ सरकार गठनका लागि आव्हान गरेका थिए ।

Trending News