१२–१५ वर्षका बालबालिकालाई पनि फाइजरको खोप लगाउन अनुमति

दियो पोस्ट  

एजेन्सी, २८ बैशाख । अमेरिकी खोप निर्माता फाइजरले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपले अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकाका लागि प्रयोगको अनुमति पाएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी नियामकले १२–१५ उमेर समूहका बालबालिकाहरुमा फाइजरको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो ।

सो उमेर समूहका २ हजार २६० बालबालिकामा गरिएको क्लिनिकल परीक्षणमा यो खाप प्रभावकारी र सुरक्षित पनि देखिएको थियो ।

यो उमेर समूहका बालबालिकालाई प्रयोगको अनुमति पाउने यो पहिलो खोप हो ।

आगामी बिहीबारदेखि अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई यो खोप दिन सुरु हुन सक्ने समाचारमा उल्लेख छ ।

अमेरिकाको यो निर्णयले आगामी दिनमा कोरोना संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने र सामान्यरुपमा विद्यालय सञ्चालन हुन सक्ने अपेक्षा गरिएको छ ।