९ हजार ३१७ जना संक्रमित थपिए, २२५ जनाको मृत्यु

९ हजार ३१७ जना संक्रमित थपिए, २२५ जनाको मृत्यु

काठमाडैं, २८ बैशाख । पछिल्लो चौबीस घण्टामा कोरोनाका ९हजार ३१७ नयाँ सक्रमित थपिएका छन् भने २२५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

साथै सो अवधिमा पाँच हजार २२५ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो अवधिमा परीक्षण २१ हजार ३१६ जनाको परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार लाख १३ हजार १११ पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २२५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

हाल ९७ हजार ८ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । मन्त्रालयका अनुसार हाल ४४८ जना क्वारेन्टिनमा छन् ।

हालसम्म तीन लाख १२ हजार १९ जना निको भएकोमा आज सम्म चार हजार ४८ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

Trending News