ट्रमा सेन्टरका नर्स भन्छन्, – ‘अक्सिजन नपाएर विरामी छट्पटाएर मरेको हर्न सक्दैनौँ’

ट्रमा सेन्टरका नर्स भन्छन्, – ‘अक्सिजन नपाएर विरामी छट्पटाएर मरेको हर्न सक्दैनौँ’

काठमाडौं, ३० वैशाख । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत स्टाफ नर्सहरु सामुहिक राजिनामा दिने अवस्थामा पुगेका छौँ । अस्पताल व्यवस्थापनले लापरबाही गरेको र विरामीको अक्सिजन नपाएरै मृत्यु हुने अवस्था आएको भन्दै उनीहरुले राजिनामा दिने बताएका छन् ।


अक्सिजन अभावमा विरामीहरुको छट्पटाएपनि अस्पताल व्यवस्थापनले अक्सिजन समेत व्यवस्थापन गर्न नसकेको उनीहरुले बताएका छन् ।


केहीदिन अघि कोभिड १९ वार्डमा रुपान्तरण गरिएको ट्रमा सेन्टरमा विरामीको व्यवस्थापन गर्न नसकेर अधिकांश विरामीले मृत्युवरण गर्नुपरेको छ । अस्पतालमा कार्यरत एक नर्सका अनुसार मंगलबार राती कोभिडका विरामीको अक्सिजनको लेभल ‘स्याचुरेशन ३२/२२ थियो ।


‘यो हामी कसरी हेरेर बस्न सक्छौं । मलाई केही थाहा छैन । सबैजना आएर भोली अबजर्भ गर्नुहोला । यो सिचुएसन पहिलेको जस्तो छैन । हामीले नर्सले मात्रै केही गर्नसक्दैन,’ एक नर्सले भनिन्,‘वार्ड र आइसियुमा बसेर विरामी छट्पटाएको हामीले देख्न सक्दैनौँ । कि टुलुटुलु हेरेर बस्नसक्ने मान्छे पिपिई लगाएर आएर बसे हुन्छ । मलाई थाहा छैन । साना मान्छेले ठूला कुरा गर्यो भन्लान् । यस्तै भइरहयो भने हामी कुनै हालतमा पनि ह्यान्डल गर्न सक्दैनौँ । कि हामीलाई अक्सिजन चाहियो । होइन भने हामी ‘गिभ अफ’ दिन्छौँ ।


अस्पताल व्यवस्थापनले नर्सहरुकै काँधमा सबै समस्या थुपारिदिएको उनीहरुको आरोप छ । ‘यो हाम्रो मात्रै समस्या होइन । सबैले यसलाई आत्मसाथ गर्नुपर्ने हो । सबैले एकजुट भएर लड्नुपर्ने हो । नत्र हामीले मात्रै जिम्मेवारी कसरी लिने,’ उनले भनिन्,‘फोन गर्दा फोन उठ्दैन । अक्सिजन पाउने त परको कुरा ।’


मंगलबार राती नै ट्रमा सेन्टरमा अक्सिजनको हाहाकार भएर विरामी छट्पटाएपछि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले सामाजिक सञ्जाल मार्फत अक्सिजन सहयोगको माग गरे । एकसय वटा फ्लो मिटरसहितको रेगुलेटर एक सयवटा चाहिएकोले तुरुन्त सहयोग गर्न उनको अपिल छ ।

Trending News