काठमाडौं, ३० बैशाख । एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफ्ना मागहरू पूरा गर्न प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चार बजेसम्मको समय दिएको छ।
खनाल –नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले दिउँसो ४ बजेसम्म पनि आफूहरूले उठाएका एजेन्डासँग सहमति नभए सांसदहरूले राजीनामा दिने नेता भीम रावलले बताए।
वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीलाई पठाएको ६ बुँदे मागसहितको पत्रको सम्बोधन गर्नुपर्छ।
त्यसका लागि हामीले ४ बजेसम्मको समय दिएका छौ, उनले भने । हाम्रो कारबाही फुकुवा गर्ने भन्दा पनि पार्टीलाई २०७५ जेठ ३ को अवस्थामा फर्काउने प्रतिवद्धता ठूलो कुरा हो। हामीले पार्टी एकताका लागि यही विषयमा अन्तिमा प्रयास गर्ने भनेको हौं ।
यसअघि बालुवाटारमा बसेको ओली पक्षीय स्थायी कमिटी बैठकले नेपालसहित उक्त समूहका ४ जना नेतालाई गरिएको निलम्बन फुकुवा गरेको थियो।