काठमाडौं, ३० वैशाख । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल सुटुक्क बालुवाटार प्रवेश गरेका छन् ।
केहीबेर अघि रअलाई नेपाल ल्याउने विवादास्पद व्यापारी रामेश्वर थापाको घरमा वार्ता गरेपछि नेपाल बालुवाटार प्रवेश गरेका हुन् ।
बालुवाटारमा दुई नेताबीच वार्ता भइरहेकै बेला जसपाका नेता महन्त ठाकुर र राजेन्द्र महतो पुगेको उच्च स्रोतले दियोपोस्टलाई जानकारी दियो ।
उनीहरुबीच सत्ता समिकरणको विषयमा छलफल भएको छ । उनीहरुबीच बहुमतको सरकार बनाउने विषयमा वार्ता भएको स्रोतले जनाएको छ ।
आजै माधव समुहका ४ जनालाई मन्त्री बनाउने तयारी समेत रहेको बताइएको छ ।
माधव समुहले पनि साथ दिने र जसपाका १६ सांसदले साथ दिए ओली सरकार नै बहुमतको सरकार बन्ने स्रोतले जनाएको छ ।