
काठमाडौं, ३१ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेट भएको छ ।
संघीय संसद भवन नयाँ वानेश्वरमा कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाएपछि आराम गर्ने क्रममा उनीहरुबीच भेट भएको हो ।
संघीय संसदको ल्होत्से हलमा खोप लगाएपछि आराम गर्ने क्रममा नेताहरु पचण्ड, नेपाल , भीम रावल विरोध खतिवडा एकै कोठामा बसेका थिए ।
त्यसमा क्रममा नेताहरुबीच कुराकानी भए पनि के कुराकानी भयो भन्ने खुलेको छैन ।
लामो समय प्रचण्डसँगै रहेर केपी ओली विरुद्ध सडक संघर्ष समेत गरेका माधव नेपालले ओलीसँगै सत्ता सहकार्य गर्ने निधो गरेको भोलीपल्टै उनीहरुबीच भेट भएको हो । कतिपयले नेपालको यो कदमले प्रचण्डलाई ‘धोका’ दिएको चर्चा गरेका छन् ।
विहिबार माधव नेपाल र प्रधानमन्त्री ओलीबीच विवादास्पद व्यापारी तथा भारतीय खुफिया एजेन्सी ‘रअ’का नेपाली एजेन्ट रामेश्वर थापाको घरमा भेटवार्ता भएको थियो । यो भेटवार्ताले नै ओली र नेपालबीच सत्ता सहकार्यको बाटो तय गरेको थियो ।
विवादास्पद व्यापारी थापा हरेक दिनजस्तो भारतीय दूतावास धाउने व्यक्ति हुन् ।