काठमाडौं, ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालको सपथ लिएका छन् । तर, सपथग्रहण सभामा उनले देश र जनताको नाममा प्रतिज्ञा गर्न भने अस्विकार गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त गरेपछि आज सपथग्रहण गराएकी थिइन् ।
शुक्रबार सपथ लिने क्रममा प्रधानमन्त्री ओलीले देश र जनताको नाममा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गर्न अस्विकार गरे ।
‘म मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्छु,’ भन्नुपर्नेमा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द नै उच्चारण गरेनन् । राष्ट्रपति भण्डारीले दोहो¥याएर ‘प्रतिज्ञा गर्छु’ भनेर ओलीलाई ती शब्द उच्चारण गर्न संकेत गरेपछि ओलीले राष्ट्रपतिलाई नै सिकाउँदै भने, ‘त्यो पर्दैन ।’
राष्ट्रपति भण्डारी ओलीको शब्द सुनेर मास्क भित्रैबाट मुस्कुराएकी थिइन् ।