कांग्रेसले वेवसाइटमा राख्यो क्रियाशील सदस्यको नामावली

दियो पोस्ट  

काठमाडौं, ३१ बैशाख । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको तयारी तत्कालका लागि बिहीबार असफल भएको थियो।

भदौ ७ देखि महाधिवेशन हुने कार्यतालिका बनाएको कांग्रेसले लगभग सबै जिल्लाबाट क्रियाशील सदस्यको विवरण केन्द्रमा आइसकेको बताएको छ।

क्रियाशील सदस्यको नाम अव कांग्रेसको वेवसाइटमै हेर्न मिल्ने स्रोतले बताएको छ ।

क्रियाशील सदस्यको विवरण www.nepalicongress.org मा गएर हेर्न मिल्छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत वैशाख ६ को निर्णयअनुसार क्रियाशीलको विवरण वेवसाइटबाट सार्वजनिक गरिएको हो।

सार्वजनिक गरिएका क्रियाशील सदस्यको नामावलीउपर कुनै उजुरी वा गुनासा भए [email protected] मा इमेल गर्न सकिन्छ ।

जेठ ७ गतेभित्र क्रियाशील सदस्यबारे कुनै उजुरी वा गुनासो भए पठाउन सक्ने स्रोतले जनाएको छ ।

साथै प्रदीप पराजुलीलाई ९८५१०४४०६५, केशव रिजाललाई ९८५११२९०७८ र रामचन्द्र घिमिरेलाई ९८५११२४१९८ मा फोन गर्न पनि सकिने छ ।

सिफारिस