शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि, २०३ को मृत्यु

दियो पोस्ट  

काठमाडौं, ३१ बैशाख । शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्।

त्यस्तै यस अवधिमा थप २०३ जनाको कोरोनाबाट मृत्यु भएको छ। योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ।

शुक्रबार कुल २१ हजार ४ सय ७८ जनाको नमुना परीक्षण गरिएको थियो। जसमा २० हजार ९४८ जनाको पिसिआर र ५३० जनाको एन्टिजेन परीक्षण भएको थियो।

यस्तै ६ हजार १३५ जना कोरोनाबाट निको भएका छन्। एकै दिन निको भएको यो संख्या अहिलेसम्मकै उच्च हो।

हाल देशभर १ लाख ७ हजार ३३६ जना सक्रिय संक्रमित रहेका छन्।

सिफारिस