उड्यो निगमको जहाज ओमानतर्फ , ५६० थान सिलिन्डर साँझ आइपुग्ने

उड्यो निगमको जहाज ओमानतर्फ , ५६० थान सिलिन्डर साँझ आइपुग्ने

काठमाडौं, १ जेठ । अक्सिजन सिलिण्डरको अभाव बढ्दै गएपछि तत्काल जरुरी सिलिन्डर ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज शनिबार बिहान ओमानतर्फ प्रस्थान गरेको छ ।

निगमका प्रबन्धक निर्देशक डिमप्रसाद पौडेलका अनुसार गैरआवासीय नेपाली सङ्घ र मस्कटस्थित नेपाली दूतावासको सहयोगमा जुटाइएको ५६० थान अक्सिजन सिलिन्डर ल्याउन जहाज ओमन उडेको बताए ।

मस्कट विमानस्थलमा राखिएको सिलिन्डर लिएर जहाज आज (शनिबार) साँझ साढे ६ बजे काठमाडौं आइपुग्ने उनले बताए ।

६३ हजार सात सय डलरमा ती अक्सिजन सिलिन्डर खरिद गरिएको र सिलिन्डर ढुवानी खर्च सरकारले व्योहोर्ने भएको छ ।

नेपाल एयरलाइन्सको ओमान उडान यो पहिलो भएको उनले जानकारी दिए ।

Trending News