प्रधानमन्त्री र राष्ट्रपतिमाथि संसद बोलाएर कारबाही गर्न माग, डा.आचार्य

प्रधानमन्त्री र राष्ट्रपतिमाथि संसद बोलाएर कारबाही गर्न माग, डा.आचार्य


काठमाडौं, १ जेठ । संविधानविद् डाक्टर भीमार्जुन आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसदको विशेष अधिवेशन बोलाएर कारवाही गर्न माग गरेका छन् ।

शपथ ग्रहणका क्रममा हिजो राष्ट्रपति र प्रधानमन्त्रीले जानीजानी राज्य बिरूद्धको अपराध गरेकोमा कारवाही हुनुपर्ने डाक्टर आचार्यको तर्क छ ।

संविधानविद् आचार्यले भनेका छन्,‘संविधान र राष्ट्रको स्वाधीनतालाई गिज्याउनु राज्य बिरूद्धको अपराध हो। ’

त्यसैले तत्काल संसद्को विशेष अधिवेशन आब्हान गरी कारवाही अघि बढाउन उनले माग गरेका छन् ।राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधान र लोकको कुनै आदर र कदर बाँकी नरहेको समेत आचार्यले टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिने क्रममा हिजो ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण नगरेपछि राष्ट्रपति भण्डारीले फेरि ‘प्रतिज्ञा गर्छु’ भनेर दोहोर्याउँदा समेत प्रधानमन्त्री अ‍ोलीले ‘त्यो पर्दैन’ भनेका थिए । यही विषयमाथि संविधानविद् आचार्यले शपथको भिडियो राखेर प्रतिक्रिया दिएका हुन् ।

प्रधानमन्त्री ओली निकटस्थ व्यक्तिहरु बचाउमा उत्रिँदा संविधान आचार्यको प्रतिक्रिया आएको छ । हिजो प्रधानमन्त्रीले शपथमा त्यो पर्दैन भनेर अशोभनीय व्यवहार देखाउँदा राष्ट्रपति हाँसेकि थिइन् । जसको सर्वत्र आलोचना भैरहेको छ । र, फेरि शपथ लिनुपर्ने आवाज पनि उठिरहेको छ ।

Trending News