इजरायली सेनाको मारमा संचारमाध्यम : सामान निकाल्न १० मिनेट समय माग्दा माग्दै आक्रमण !

दियो पोस्ट  

एजेन्सी, २ जेष्ठ । इजरायली सेनाले विगत पाँच दिनदेखि गाजाका विभिन्न स्थानमा हवाइ हमला तथा गोलाबारी जारी राखेको छ । पछिल्लो हवाइ हमलामा विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमका कार्यालय रहेको एक अग्लो भवन ध्वस्त भएको छ । शनिबार इजरायलले प्यालेस्टाइनको गाँजास्थित जाला टावरमा हवाई आक्रमढा गरेको छ ।

हवाई १२ तले टावरमा रहेको अमेरिकी समाचार संस्था एसोसियटेड प्रेस (एपी), कतारी सञ्चारमाध्यम अल जजिरा लगायत थुप्रै कार्यालय तथा अपार्टमेन्ट ध्वस्त बनाएको छ । टावरका मालिक जवाद मेहदीलाई इजरायली सेनाले एक घण्टाअघि फोन गरेर आक्रमण गर्न लागिएको भन्दै टावर खाली गर्न गराउन आदेश दिएको थियो ।

मेहदीले पत्रकारको उपकरण निकाल्न १० मिनेटको समय माग गरेका थिए । तर , इजरायली सेनाले अस्वीकार गरेको थियो । कतार सरकारको लगानीमा सञ्चालित अल जजिराले आक्रमणको दृष्य प्रत्यक्ष प्रशारण गरेको थियो । भवनमा प्यालेस्टेनी विद्रोही समुह हमासका सैन्य सामग्री रहेको दाबी इजरायली सेनाको छ । इजरायली सेनाले गाजाको शरणार्थी शिविरमा आक्रमण गरेको थियो ।

आक्रमणबाट ८ बालबालीका सहित १० जनाको ज्यान गएको छ । हमासको जवाफी कारबाहीमा एक इजरायली मारिएका छन् । गत सोमबार जेरुसेलम दिवस मनाउने क्रममा हिंसा भडिकएको थियो ।

सिफारिस