ट्रमा सेन्टरमा अक्सिजन आपूर्ति सहज, विरामीलाई औषधि निःशुल्क

दियो पोस्ट  

काठमाडौं, २ जेठ । चार दिन अघि राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले अक्सिजनको चरम अभाव भएको भन्दै सहयोगका लागि सामाजिक सञ्जालमा हारगुहार गरेका थिए ।

त्यस लगत्तै सञ्चार माध्यमले सो विषयलाई प्राथमिकताका साथ प्रशारण गरे । चार दिन पछि अहिले अबस्था परिवर्तन आयो ।

अहिले ट्रमा सेन्टरमा लिक्वड अक्सिजनको आपूर्ति पछि उपचारमा सहज भएको छ ।

चारदिन अघि सहयोगको अपील गरेका ट्रमा सेन्टरका प्रवक्ता अर्जुनप्रसाद भेटवाल त्यसबेला निकै तनावमा थिए ।

आज उनले भने, अहिले अबस्था सहज भएको छ हामीले विरामीलाई औषधि पनि निःशुल्क गरेका छौं ।

अक्सिजनको अभाव समाधान भए पछि विरामीको चाप भने बढेको छ ।

कुल दुई सय शैया क्षमता भए पनि अहिले ११९ शैयामा विरामी राख्न सक्ने अबस्था रहेको र सबै भरिभराउ रहेको उनले बताए ।

सरकारले सो सेन्टरलाई कोभिड डेडिकेटेड अस्पताल बनाए पछि विरामीको चाप बढेको थियो ।

सो सेन्टरमा नौवटा भेन्टिलेटर सहितको आईसीयू बेड रहेको छ । साथै इमरजेन्सीको रेड जोनमा भेन्टिलेटर सहितका छ शैयामा पनि सबै विरामी रहेको भेटवालले बताए।

सिफारिस