अक्सिजनको ‘हाहाकार’मा ‘प्रोपागान्डा’ मच्चाउँदै उपप्रधानमन्त्री ईश्वर पोखरेल !

अक्सिजनको ‘हाहाकार’मा ‘प्रोपागान्डा’ मच्चाउँदै  उपप्रधानमन्त्री ईश्वर पोखरेल !

काठमाडौं, २ जेठ । राजधानीका सरकारी अस्पतालहरु मात्रै होइन निजी अस्पतालमा समेत अक्सिजनको हाहाकार छ । अस्पतालहरुको दृष्य हेर्दा नेपालमा कोरोना संक्रमणबाट होइन अक्सिजन नपाएर सयौँ नागरिकले मृत्युवरण गरिरहनु परेको छ । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा ‘सिसिएमसी’ नै बनाएको छ ।

भारतमा कोरोना संक्रमण नियन्त्रण गर्न स्वास्थ्य क्षेत्रका वैज्ञानिकहरुको समिति क्रियाशिल छ । तर नेपालमा भने विवादास्पद छविका मन्त्री पोखरेलको नेतृत्वमा समिति क्रियाशिल गरिएको छ । यसैकारण नेपालमा दिनानुदिन उपचार नपाएरै सयौँ नागरिकको अकालमै ज्यान गइरहेको छ ।


उपप्रधानमन्त्री पोखरेलको सचिवालयमा कार्यरत विभिन्न पेशा व्यावसायमा क्रियाशिल प्रेस सल्लाहाकार नै बालुवाटारमा बसेर ‘झूटको खेतीमा मस्त रहेको पाइएको छ ।


नागरिक अक्सिजन नपाएर मृत्युवरण गरिरहेको अवस्थामा पोखरेलका प्रेस सल्लाहाकार पाण्डेले भने निजी क्षेत्रले ल्याउन तयार पारिएको अक्सिजनलाई ‘उपप्रधानमन्त्री पोखरेलको पहल’मा ल्याउन लागिएको भन्दै प्रोपोगान्डाको खेती गरेकोे पाइएको हो ।


पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा आइतबार विहान ८ बजेर ३९ मिनेटमा ‘चीनबाट १८ हजार अक्सिजन सिलिण्डर अक्सिजन तातोपानी नाकामा आइपुगेको छ । काठमाडौं ल्याउने तयारी हुँदैछ ।’ भनेर लेखेका थिए । उनैको भनाईलाई आधार बनाएर सरकारी समाचार एजेन्सी राससले ‘सरकारले चीनबाट १८ हजार खाली सिलिन्डर नेपाल आइपुगेको’ समाचार लेखेको थियो ।

सोही समाचार विभिन्न सञ्चार माध्यमले सर्कुलर गरेका थिए । तर, राससले नै दिएको समाचार विश्वासनिय नभएको पाइएको थियो । धेरैले पत्याएर सेयर गरेको यो समाचारमा मानिसहरुलाई लागको थियो सरकारले राम्रो काम गर्यो ।


उपप्रधानमन्त्री पोखरेलकै फेसबुक पेजबाट पोखरेलको तस्विर र अक्सिजनको तस्विर जोडेर प्रचार गरिएको थियो । आजै आउने भनिएको उक्त अक्सिजन न त सरकारले ल्याउन लागेको हो न त सिसिएमसीले नै । यो त व्यापारी रमेश शेर्पाले व्यापारिक प्रयोजनका लागि ल्याउन लागिएको खुलाशा भएको छ । यो सिलिन्डर हालसम्म पनि नाकामा आइनपुगेको पाइएको छ ।

पोखरेलकै पेजबाट आफ्नो तस्विरसहित समाचार शेयर हुनुलाई भने उपप्रधानमन्त्री पोखरेल महामारीमा पनि सस्तो लोकप्रीयताका कति भोका रहेछन् भन्ने तथ्य बुझाउँछ ।

’हिजोदेखि हामी स्टेन्डबाइ छौं। अहिलेसम्म सिलिन्डर आइपुगेको छैन। सायद बेलुकासम्म आइपुग्ला कि,’ तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले पहिलोपोस्टसँग भनेका छन् ।

नेपालमा सिलिन्डरको अभाव भएपछि चीन सरकारले नेपाललाई अनुदान स्वरुप ४ सय खाली सिलिन्डर अनुदानमा दिएको थियो । २० हजार खाली सिलिन्डर दिने भनेपनि हालसम्म ४ सय मात्रै वाइडबडीले ल्याएको छ ।


भञ्सार प्रमुखलाई नै थाहा नभएको सिलिन्डरको हल्ला पाण्डेले किन चलाए ? त्यो भने रहस्यमयी छ ।


भोली बेलुका पर्सिसम्म आइपुग्छकी भन्ने अनुमान छ : खनाल


जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी बाबुराम खनालका अनुसार भोली बेलुकासम्म खाली सिलिन्डर आइपुग्छकी भन्ने अनुमान मात्रै भएको बताए ।

‘अहिलेसम्म आएको छैन । त्यो भोली बेलुकासम्म आइपुग्छकी भन्ने अनुमान मात्रै हो,’ खनालले दियोपोस्टसँग भने,‘हामीले आजै ट्रान्सपोर्टको एक जना साथीलाई बोलाएर सोधेका थियौँ । आइपुग्ने बेला भएको छैन । भोल बेलुका वा पर्सिसम्म आइपुग्छ भन्ने झिनो खबर पाएको छु । आएको भए हामीलाई खबर आउँथ्यो ।’

Trending News