खुशी होलान् त, ‘मदन–आश्रित’ का दिवङ्गत आत्मा ?

खुशी होलान् त, ‘मदन–आश्रित’ का दिवङ्गत आत्मा ?

काठमाडौं, ३ जेठ । नेकपा एमालेले सोमबार २८ औं मदन–आश्रित स्मृति दिवस मनाएकाे छ ।

स्मृति दिवसको अवसरमा एमाले नेताहरु बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा भेला भएर मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, वामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु सुवास नेम्वाङ, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायत सहभागी थिए ।

विगतमा एमालेले मदन–आश्रित स्मृति दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्थ्यो ।

यसपटक भने कोरोनाभाइरस संक्रमणको महामारीका कारण सीमित संख्यामा भेला भएर एमालेले स्मृति दिवस मनाएको छ ।

२०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जीप दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो ।

पोखराबाट चितवन पार्टीको कार्यक्रममा जाँदाजाँदै नेताद्वयको दासढुंगामा रहस्यमय अवसान भएको हो ।

तर, त्यो घटना एउटा दुर्घटना थियो कि षडयन्त्र ? अझै छिनोफानो हुन सकेकाे छैन ।

दासढुंगा काण्डका एकमात्र सूत्रधार अमर लामाको पनि हत्या भइसकेकाले यो प्रकरण थप रहस्यमय भएको हो।

राज्य सत्ताको सम्पूर्ण बागडोर एमाले पार्टिकै हातमा भएको बेला पनि दासढुंगा काण्डको छानबिन हुन सकेको छैन् ।

मदन भण्डारीको धर्मपत्नि विध्यादेवी भण्डारी हाल राष्ट्रपति पदमा आशिन हुँदा सम्म पनि दासढुंगा काण्डको छानबिनमा कुनै पहल नहुनुमा, कतै यो दुर्घटना नभई षडयन्त्र त हैन भन्ने बोली जनलहरमा प्रसस्त सुन्न पाईन्छ ।

Trending News