काठमाडौं, ३ जेठ । गण्डकी प्रदेशमा थप ८५९ जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गण्डकीका का विभिन्न जिल्लामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा ८५९ जनमा संक्रमण देखिएको हो ।
प्रदेशका ११ जिल्लामध्ये मुस्ताङ र गोरखा बाहेकका अन्य ९ जिल्लामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनकाअनुसार सबैभन्दा धेरै कास्कीमा ४०८, नवलपरासी पूर्व १४२, म्याग्दीमा ८४, लमजुङ ७९, बागलुङ ६२, पर्वत २१, स्याङजा ३५, तनहुँ २३ र मनाङमा २ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेशका मुस्ताङ र गोरखा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण देखिएका छैनन् ।
प्रदेशमा देखिएका ८५९ संक्रमितमध्ये ४०४ जना महिला र ४५५ जना पुरुष रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९०४१ पुगेको छ ।