जसपा संसदीय दलको नेतामा महतो चयन भएको पत्र संसद सचिवालयमा

दियो पोस्ट  

काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा दर्ता भएको छ ।

पार्टीका अध्यक्ष महन्थ ठाकुरले महतो संसदीय दलको नेता चयन भएको पत्र मंगलबार संसद सचिवालयमा पठाएका थिए । संसद सचिवालयले उक्त पत्र दर्ता गरेको छ ।

केही दिनअघि जसपाका ३४ मध्ये २१ सांसद सहभागी बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेको थियो ।

अध्यक्ष उपेन्द्र यादवले भने उक्त निर्णयको विरोध गरेका थिए ।

पत्र

सिफारिस