सूर्य चिन्हमा मतदान गरेर बादललाई जिताउन ओलीको अपिल

दियो पोस्ट  

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको भोलि हुने उपनिर्वाचनमा गृहमन्त्री रहेका राम बहादुर थापा बादललाई जिताउन अपिल गरेका छन् ।

बागमती प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचनमा एमाले उम्मेदवार बादल रहेको र उनलाई भारी मतले जिताउन पार्टी पंक्तिलाई प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

बुधबार बिज्ञप्ति जारी गर्दै सूर्य चिन्हमा मतदान गरेर मन्त्री बादललाई जिताउन आग्रह गरेका छन् ।

‘यस निर्वाचनमा हाम्रो एकतावद्ध संकल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाईमा पुर्याउनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः यस निर्वाचनमा पार्टीका उम्मेद्धवार माननीय रामबहादुर थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आह्वान गर्दछु ।’

बाग्मती प्रदेशमा नेपाली काँग्रेस, नेकपा माअ‍ोवादी केन्द्र र एमालेकै माधव नेपाल समूहको संयुक्त गठबन्धनबाट संघीयताविज्ञ डा. खीमलाल देवकोटा उम्मेदवार छन् ।

गठबन्धनको उम्मेदवार भएका कारण बादल दबावमा छन् । मंगलबार उनले माधव नेपालसँग भेटेर सहयोगको अपिल गरेका थिए ।

तर बादलको अपिलमा नेता नेपालले प्रतिक्रिया दिएका थिएनन् ।

सिफारिस