१० दिनमै पद गुमाएका मनाङे दोस्रोपटक मन्त्री बन्दै

दियो पोस्ट  

काठमाडौं, ५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार मन्त्रिपरिषद विस्तार गर्न लागेसँगै राजिव गुरुङ ‘दीपक मनाङे’ दोस्रोपटक मन्त्री बन्ने भएका छन् ।

मुख्यमन्त्री गुरूङले यसअघिकै मन्त्रीहरूलाई पुनः मन्त्री बनाउने भएसँगै मनाङे दोस्रोपटक मन्त्री बन्ने भएका हुन् ।

मनाङे काठमाडौँमा भएकाले आज सपथ भने नलिने भएका छन् । उनी पोखरा जान नभ्याउने भएकाले सपथ लिन नभ्याउने मुख्ममन्त्रीको सचिवालले जनाएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले वैशाख २६ गते राजीनामा दिएसँगै मनाङेको मन्त्री पद खारेज भएको हो ।

मन्त्री भएको १० दिनमै मन्त्री पदबाट काम चलाउ मन्त्री बनेका मनाङे पुनः मन्त्री बन्ने भएका हुन् ।

मनाङे गत वैशाख १६ गते युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका थिए ।

उनले पदभार ग्रहण गर्दै आफ्नो सरकार एक हप्ता मात्रै टिक्ने बताएका थिए ।

कोरोना भाइरसको संक्रमणका कारण मुख्यमन्त्री गुरूङले नियुक्त भएको एक सातासम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् ।

तर, संक्रमित भएकै अवस्थामा वैशाख २९ गते उनले मुख्यमन्त्रीका सपथ लिएका थिए ।

मुख्यमन्त्रीबाट राजीनामा दिएका गुरुङले तीन दिनपछि सपथ लिएका हुन् ।

सिफारिस