काठमाडौं, ५ जेठ । नेपालमा चौबीस घण्टाभित्र कोरोनाभाइरसबाट हालसम्मकै सबैभन्दा बढी मृत्यु दत्र्ता गरिएको छ ।
पछिल्लो चौबीस घण्टामा २४६ जना सङ्क्रमितको मृत्यु भएको हो । यसअघि सबैभन्दा बढी २२५ जना सङ्क्रमितको मृत्यु भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा आरटीपीसीआर परीक्षणमा आठ हजार १७३ जना सङ्क्रमित थपिएको जानकारी दिए ।
उनले एन्टीजेन परीक्षणमा पछिल्लो चौबीस घण्टामा १०९ मा रिपोर्ट पोजेटिभ आएको बताए ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार ९८९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् ।