राष्ट्रिय सभामा भोट हाल्न राप्रपाकी रिता माझीसहित तीन सांसदलाई हेलिकोप्टर चार्टर !

दियोपोस्ट संवाददाता

काठमाडौं, ६ जेठ । आज राष्ट्रिय सभा सदस्यको उप निर्वाचन हुँदैछ । वागमति प्रदेशको मुख्यालय हेटौंडामा हुने निर्वाचनमा नेकपा एमालेका नेता तथा गृहमन्त्री राम बहादुर थापा बादल र नेकपा एमालेकै माधव कुमार नेपाल समुहका तर्फबाट संघीयता विज्ञ डा. खिमलाल देवकोटाबीच तिब्र प्रतिष्पर्धा हुँदैछ । निर्वाचन अनुगमनका लागि भन्दै गृहमन्त्री बादल हेटौंडा पुगिसकेका छन् ।


उनै बादललाई जिताउन केही सांसदलाई भने हेलिकोप्टर चार्टर गरिएको पाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रिता रायमाझी र नेकपा एमालेकी सांसद बेलिमाया घलेसहितका सांसदलाई हेलिकोप्टर चार्टर गरिएको खुलाशा भएको हो । उनीहरुलाई केहीबेरमा काठमाडौंबाट हेलिकोप्टरले हेटौंडा पुर्याउने व्यवस्था मिलाइएको स्रोतले जनाएको छ ।


राप्रपाकी सांसद रिता रायमाझीलाई यस विषयमा प्रतिक्रिया लिन दियोपोस्टले सम्पर्क गर्दा आफसहित ३ जना सांसद चावेलबाट हेलिकोप्टरमा जान लागेको बताइन् । तर, मिडियाबाट भन्ने थाहा पाउने वित्तिकै उनले कुरा फेरिन् ।


शुरुमा उनले आफूसहित तीन जना सांसद हेलिकोप्टरबाट चाबेलबाट हेटौंडा जाने बताएपनि परिचयका क्रममा दियोपोस्टबाट भन्ने वित्तिकै उनले आफूहरु गाडीबाट जान लागेको दाबी गरिन् ।

‘मेरो नानी सानो छ । म तत्काल गएर फर्किनुपर्ने छ,’ दियोपोस्टसँग उनले भनिन्,‘अर्को एक जना माननीय पनि विरामी हुनुहुन्छ । मौसम खराब भएका कारण हामी गाडीमै जाने हो,’ उनले भनिन् ।


यता कोरोना महामारीबीच हजारौँ नागरिक भने एम्बुलेन्स नपाएरै मृत्युवरण गर्नुपरिरहेको छ ।

सम्बन्धित खबर