कोरोनाबाट डिएसपी राजकुमार केसीको निधन

दियोपोस्ट संवाददाता

काठमाडौं, ६ जेठ । कोभिड–१९ संक्रमणबाट नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको निधन भएको छ ।

गएराति नेपाल प्रहरी अस्पतालमा उनको निधन भएको हो ।

काठमाडौंको मूलपानी स्थायी घर भएका केसीलाई संक्रमण भएपछि प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

उनी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । केसी प्रहरी संगठनमा इमान्दार र दक्ष अधिकृतको रुपमा परिचित थिए ।

सम्बन्धित खबर

सिफारिस